News Griha :: न्यूजगृह
इलाम बस दुर्घटना : थप एकको मृत्यु [अपडेट]

काठमाडौं— शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कँदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो

धनुषाको धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्किँने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी धनुषाधाम नगरपालिका-९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

दुर्घटनामा ३२ जना घाइते छन् । उनीहरु सबै धारापानीका हुन् ।

बस चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:३८
Weather Update