News Griha :: न्यूजगृह
विद्यार्थी बोकेको बस दुर्घटना  : एक जनाको मृत्यु, यी हुन् ३५ घाइते [अपडेट]

काठमाडौं—  धनुषाबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेर इलाम गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका-९ धारापानीबाट इलाम शैक्षिक भ्रमण गरी फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय अर्पण लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार ३७ जनामध्ये ३५ जना घाइते छन् । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ । उपचारकै क्रममा अर्पणको मृत्यु भएको हो ।

घाइतेहरूको नामावली
१) जिल्ला धनुषा धानुषाधाम नगरपालिका (धारापानी बस्ने वर्ष २) की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)
२)    ऐ ऐ बस्ने वर्ष ११ की समीक्षा मोक्तान (सामान्य)
३)    ऐ ऐ बस्ने वर्ष १२ को शेखर मोक्तान (सामान्य)
४)    ऐ ऐ बस्ने वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
५)    ऐ ऐ बस्ने वर्ष ३६ की अन्जु लामा  (सामान्य)
६)    ऐ ऐ बस्ने वर्ष २ की स्नेहरीका लामा (सामान्य)
७)    ऐ ऐ बस्ने वर्ष ९की रिजा लामा (सामान्य)
८)    ऐ ऐ बस्ने वर्ष ११ की काजल नायक (सामान्य)
९)    ऐ ऐ बस्ने वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०)    ऐ ऐ बस्ने वर्ष ११ की रितु लामा (सामान्य)
११)    ऐ ऐ बस्ने वर्ष ४९ की सुन माया लामा (सामान्य)
१२)    ऐ ऐ बस्ने वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३)    ऐ ऐ बस्ने वर्ष १३ को सौगात लामा (सामान्य)
१४)    ऐ ऐ बस्ने वर्ष १४ की वर्षा तामाङ (सामान्य)
१५)    ऐ ऐ बस्ने वर्ष १५ को सिद्दार्थ तामाङ (सामान्य)
१६)    ऐ ऐ बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७)    ऐ ऐ बस्ने वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८)    ऐ ऐ बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९)    ऐ ऐ बस्ने वर्ष २८ की कल्पना कुमारी लामा (सामान्य)
२०)    ऐ ऐ बस्ने वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१)    ऐ ऐ बस्ने वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)
२२)    ऐ ऐ बस्ने वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भीर रहेको)
२३)    ऐ ऐ बस्ने वर्ष ३५ की मनवति लामा (सामान्य)
२४)    ऐ ऐ बस्ने वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२५)    ऐ ऐ बस्ने वर्ष १८ की प्रतिक्षा लामा (सामान्य)
२६)    ऐ ऐ बस्ने वर्ष ४५ की लाल कुमारी लामा (सामान्य)
२७)    ऐ ऐ बस्ने वर्ष ४० को वीर बहादुर मोक्ता (प्रप्रका सवारी महाशाखामा  कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको)
२८)    ऐ ऐ बस्ने वर्ष १५ को करण मोक्तान (सामान्य)
२९)    ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ (सामान्य)
३०)    ऐ ऐ बस्ने वर्ष ६० कि शान्ता माया तामाङ (सामान्य)
३१)    ऐ ऐ बस्ने वर्ष ३५ को अनिल परियार (सामान्य)
३२)    ऐ ऐ बस्ने वर्ष ३० की रचना घिसिङ (सामान्य)
३३)    ऐ ऐ बस्ने वर्ष ३५ को सञ्जिब तामाङ (सामान्य)
३४)    ऐ ऐ बस्ने वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३५)    ऐ ऐ बस्ने वर्ष १६ की समिक्षा लामा (सामान्य )

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:१७
Weather Update