रौतहटबाट अत्याधुनिक हतियार बरामद

काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेक छ ।
रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एअर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले आइतबार दिउँसो तलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ।
हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी भएको नागरिकतासमेत बरामद भएको डीएसपी थापाले बताए ।
सो क्षेत्रमा प्रहरी अपरेसन जारी छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १७:४६













