समाजमा विद्यमान विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल आइतबार, मंसिर ३, २०८०

विस्तृत शान्ति सम्झौताको १७ वर्ष : बेपत्ता र निर्दोष परिवारको पीडा यथावत् आइतबार, मंसिर ३, २०८० नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विसं. २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै दस वर्षे सशस्त्र संघर्ष अन्त्य भएको घोषणा गरिएको थियो ।

चार देश सम्मिलित टी–२० सिरिजको तेस्रो स्थानमा नेपाल आइतबार, मंसिर ३, २०८० चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने आइतबार, मंसिर ३, २०८० चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेसको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सा र भारतको दरभंगा, मधुबनी, सीतामढीलगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइँदै छ ।

छठ पर्वले समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्रीको विश्वास आइतबार, मंसिर ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता आइतबार, मंसिर ३, २०८० नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

‘पशुपति प्रसाद–३’ निर्माण गरिने आइतबार, मंसिर ३, २०८० निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए । उनले भने, ‘हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।’

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक आइतबार, मंसिर ३, २०८० शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग माग्यो एआईजी ज्ञवालीको जन्ममितिको कागजात आइतबार, मंसिर ३, २०८० प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ । उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी उजुरीकर्ताको छ ।

छठको पूजा गर्न तीन सय घाट निर्माण आइतबार, मंसिर ३, २०८० मैथिली सेवा समितिको आयोजनामा संस्थागत रूपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई सय ४० वटा मात्र पण्डालसहितको घाट निर्माण गरिएका थिए ।

महिला टी–२० सिरिजमा नेपाल तेस्रो आइतबार, मंसिर ३, २०८० हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।

विश्व शौचालय दिवस : तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित आइतबार, मंसिर ३, २०८०

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य आइतबार, मंसिर ३, २०८० हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो । नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन् । उनले ५१ बलमा ३ चौका प्रहार गरिन् ।









