News Griha :: न्यूजगृह
महिला टी–२० सिरिजमा नेपाल तेस्रो

काठमाडौं– चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो । 

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । 

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक–एक विकेट लिइन् । 

एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् । 

बलिङतर्फ नेपालकी संगीता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डंगोल र सोनी पाख्रिनले एक–एक विकेट लिइन् । 

महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए । तान्जानिया र हङकङबीच उपाधिका लागि आज ११ः४५ बजे खेल हुँदै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १०:३८
Weather Update