जनताका लागि आवाज उठाउँदा घरमा नजरबन्द हुनुपर्यो : दुर्गा प्रसाईँ शुक्रबार, मंसिर ८, २०८०

मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत शुक्रबार, मंसिर ८, २०८० युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन् ।

विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी विदेश राज्यमन्त्रीलाई आग्रह शुक्रबार, मंसिर ८, २०८० परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको अल–मुखैरीसँगको भेटका क्रममा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको हो ।

साताको अन्तिम दिन सुनको मूल्य घट्यो, चाँदीको बढ्यो शुक्रबार, मंसिर ८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

दुर्गा प्रसाईंको समर्थनमा निस्किएका २६ जना तीनकुनेबाट पक्राउ शुक्रबार, मंसिर ८, २०८० दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकालाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईँले प्रदर्शन स्थल घोषणा गरेको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले जानकारी दिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित शुक्रबार, मंसिर ८, २०८० नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बईमा आयोजित चौथो आईसीसी इमार्जिंग एसिया इन्स्योरेन्स कन्क्लेभ तथा अवार्ड ,२०२३ समारोहमा नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शनबाट सम्मानित गरिएको छ ।

सरकारले गर्यो एडीबीसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता शुक्रबार, मंसिर ८, २०८० सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

खुला आकाशमा पढ्न बाध्य शुक्रबार, मंसिर ८, २०८०

यी हुन पक्राउ परेका दुर्गा प्रसाईँका समर्थक शुक्रबार, मंसिर ८, २०८० दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । त्यस्तै, प्रहरीले दुर्गा प्रसाईँलाई घरमै नजरबन्दमा राखेको छ ।

दुर्गा प्रसाईँ ‘हाउस एरेस्ट’मा, समर्थकहरूलाई तीनकुने जान अपिल शुक्रबार, मंसिर ८, २०८० व्यवस्था उल्ट्याउने भन्दै बिहीबारदेखि काठमाडौंमा भएको विरोध प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईँले आफू घरमा नजरबन्दमा परेको दाबी गरेका छन् ।
-1700805054.jpg)
शेखर कोइराला भन्छन्— एकै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या आयो शुक्रबार, मंसिर ८, २०८० विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिए । ‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति,’ कोइरालाले भने, ‘नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म...

दुर्गा प्रसाईँलाई घरबाट निस्कनै नदिने रणनीति, निवासमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ शुक्रबार, मंसिर ८, २०८० प्रहरीले आज बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ । प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको काठमाडौं प्रशासनले प्रष्टयाएको छ ।

मृत्युदण्डको सजाय सुनाइएका भारतीय सेनाको याचिका कतारले स्वीकार गर्यो शुक्रबार, मंसिर ८, २०८० कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाइ गर्ने पनि जनाइएको छ ।









