News Griha :: न्यूजगृह
मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ : महेश बस्नेत  

काठमाडौं— युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले मध्यपहाडी र पुष्पलाल राजमार्ग नेकपा एमालेको पहलमा बनाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई बाहेक उक्त राजमार्गमा हिँड्ने अधिकार अन्य नेतालाई नभएको बताएका छन् । 

एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले पुष्पलाल र मध्यपहाडी राजमार्ग निर्माणको जस एमालेले मात्र पाउनुपर्ने दाबी मात्र गरेनन् ओलीबाहेक अरु नेतालाई हिँड्ने अधिकारसमेत नभएको बताए । 

‘मध्यपहाडी र पुष्पलाल राजमार्ग भनेर बनाउने गौरवपूर्ण जस भएको पार्टी एमाले हो,’ उनले भने, ‘त्यही भएर मध्यपहाडी राजमार्गमा हिँड्ने अधिकार केपी ओलीलाई मात्रै छ, अरु कुनै नेतालाई छैन । एमालेबाहेक अरु कसैलाई छैन ।’

मध्यपहाडी राजमार्गबाटै जनतामा नयाँ जागरणको अभियान चलाउने बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १४:०८
Weather Update