News Griha :: न्यूजगृह
धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो
धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो शुक्रबार दिउँसो ३ः४० बजे चालकदलसहित ७६ यात्रु बोकेर एअरलाइन्सको क्यू ४०० नम्बरको जहाज धनगढी उडेको थियो । तर, उडान लगत्तै जहाजको इन्डिकेटरमा खराबी देखिएपछि जहाज काठमाडौं फर्काइएको श्री एअरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
रेशम चौधरीको कैद माफीविरुद्वको रिटमा कारण देखाऊ आदेश
रेशम चौधरीको कैद माफीविरुद्वको रिटमा कारण देखाऊ आदेश टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो । 
महेन्द्रनगरमा शहीद भीमदत्तको सालिक तोडफोड, १८ जना पक्राउ
महेन्द्रनगरमा शहीद भीमदत्तको सालिक तोडफोड, १८ जना पक्राउ शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका प्रदर्शनकारी प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा उनीहरूले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए ।
रौतहटमा युवकको शव फेला, सनाखत भएन
रौतहटमा युवकको शव फेला, सनाखत भएन शवको सनाखत भएको छैन । पुलको पिलरको गोलोरिङभित्र पानीमा अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीका डीएसपी दामोदर केसीले जानकारी दिए ।
उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा सिफारिस
उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा सिफारिस सेनाको बोर्ड बैठकले शुक्रबार सिग्देलको नाम सिफारिससहित सात दिने सूचना समेत जारी गरेको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकाश पाएसँगै उनको ठाउँमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले समेत यसलाई महत्वका साथ लिइएको हो ।
माइतीघरमण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वोच्चको कारण देखाऊ आदेश 
माइतीघरमण्डलामा निषेधाज्ञा लगाएकोमा सर्वोच्चको कारण देखाऊ आदेश  सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
अष्ट्रेलिया गइन् काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोल  
अष्ट्रेलिया गइन् काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोल   शुक्रबार उपप्रमुख डंगोल अष्ट्रेलिया भ्रमणका लागि गएकी हुन् । भ्रमणमा अष्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकन लगायत स्थानको अवलोकन गर्ने महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।  
राजतन्त्र फर्काउँछौ भन्नु मुर्खता हो : एमाले अध्यक्ष ओली
राजतन्त्र फर्काउँछौ भन्नु मुर्खता हो : एमाले अध्यक्ष ओली राजसंस्थालाई ‘प्रेत’ भनेर व्यंग्य गरेका उनले एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्नु मुर्खता भएको बताएका छन् । एमाले पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले राजसंस्थालाई व्यंग्य गर्दै ‘पछाडि नलीखुट्टाको हड्डी फुकेर केही व्यक्ति राजतन्त्र फर्काउँछु भनेर हिँडिरहेको’ बताए ।
श्रीमान जीवित हुँदै एकल महिलाको भत्ता लिने/दिनेविरुद्ध भ्रष्टाचार मुद्दा
श्रीमान जीवित हुँदै एकल महिलाको भत्ता लिने/दिनेविरुद्ध भ्रष्टाचार मुद्दा श्रीमान जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगे दुर्गा प्रसाईँ, निवेदनमाथि आइतबार सुनुवाइ हुने
बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगे दुर्गा प्रसाईँ, निवेदनमाथि आइतबार सुनुवाइ हुने वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईँको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ । बिहीबार काठमाडौंको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईँले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।
राजनीति फोहोरी खेलतर्फ लाग्यो : एमाले अध्यक्ष ओली
राजनीति फोहोरी खेलतर्फ लाग्यो : एमाले अध्यक्ष ओली नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले आफ्नो सरकार हुँदै त्यसलाई हटाउने सम्मका फोहोरी खेल भएको आरोप लगाएका हुन् ।
Weather Update