News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको आरोप लगाएका छन् ।

पार्टी कार्यालयमा शुक्रबार आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले आफ्नो सरकार हुँदै त्यसलाई हटाउने सम्मका फोहोरी खेल भएको आरोप लगाएका हुन् ।

Prabhu Bank

‘देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन । हामीले सरकार छोडेपछि  राजनीति फोहोरी खेलतर्फ गयो,’ उनले भने, ‘यतिसम्म फोहोर कि हाम्रो सरकार हुँदै त्यसलाई हटाउन यति फोहोरी खेल भयो ।’

अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ एमालेमा हुँदा आफ्नो पार्टीको सरकार ढलाई पाउँ र दक्षिणपन्थी नेतृत्वको सरकार पाउँ भनेर अदालतमा मुद्दा हालेको आरोप लगाए । उनले एमालेले सरकार छाड्नु परेको विगतको तीतो पोखे ।

आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरूबाटै झुक्याउने नाम र नारा दिने काम भएको टिप्पणी उनले गरे । पार्टीभित्रै रहेका नेताको गैरजिम्मेवार क्रियाकलापले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पुर्‍याउने काम भएको आरोप पनि उनले लगाए । 

उनले भने, ‘आफूलाई कता कता वामपन्थी भन्नेहरू, कम्युनिष्ट भन्नेहरू, अनि झुक्याउने नाम र नारा दिनेहरूबाट ती काम भए त्यसले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पुर्‍याउने काम भयो । सिंगो समाजलाई निष्ठाहीन बनाउने कोसिस भयो र निष्ठामा ह्रास आउने काम भयो ।’  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:२०
Weather Update