News Griha :: न्यूजगृह
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२८ हजार ऋण तिर्न नसकेको भन्दै फेसबुक लाइभ गरेर आत्महत्या प्रयास
२८ हजार ऋण तिर्न नसकेको भन्दै फेसबुक लाइभ गरेर आत्महत्या प्रयास शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर एक व्यक्तिले आत्महत्या प्रयास गरेका छन् । मोरङस्थित एक अटो वर्कशपले मोटरसाइकलको किस्ता तिर्न बारम्बार टर्चर गरेको र आफूसँग उक्त पैसा नभएको भन्दै श्रेष्ठ थर गरेका एक युवकले काठमाडौंको ताहाचलमा आत्महत्या प्रयास गरेका हुन् ।
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलाई
नवौँ नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलाई ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको उपाधि सशस्त्र प्रहरी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।
शैलुङमा उत्पादन गरियो दाना आलुको बिउ
शैलुङमा उत्पादन गरियो दाना आलुको बिउ रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको शैलुङस्थित ल्याबमा इनभिट्रो प्लान्ट तयार गरी स्क्रिन हाउसबाट नयाँ बिउ निकालिएको अगुवा कृषक दावासाङबु शेर्पाले जानकारी दिए । 
देश बलियो बनाउन नेपाली बलियो हुनुपर्छ : दुर्गा प्रसाईँ
देश बलियो बनाउन नेपाली बलियो हुनुपर्छ : दुर्गा प्रसाईँ काठमाडौं केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कुनै खास प्रकारको राजनीतिक व्यवस्था भन्दा पनि मुलुक भ्रष्टाचारी, तस्करी र गरिबीले आक्रान्त भएको बताएका छन् । 
२५ हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
२५ हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी– २०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिका साथ खरिद गरेको पाइयो ।
सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ :  रवि लामिछाने
सरकार प्राथमिकता होइन तर अप्ठ्यारो परे सहभागी हुन सकिन्छ :  रवि लामिछाने रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सञ्चारकर्मीसँग उनले सरकारमा सहभागी हुने विषय भने पार्टीको प्राथमिकता नरहेको जिकिर गरे । तर एउटा राजनीतिक दल भएकाले मुलुकलाई ज्यादै अप्ठ्यारो पर्‍यो वा परिस्थिति सिर्जना भयो र आवश्यकता परेको खण्डमा रास्वपा सरकारमा सहभागी हुन सक्ने उनले बताए । 
सरकारी छाप दस्तखत किर्तेमा संलग्न ५ जना पक्राउ
सरकारी छाप दस्तखत किर्तेमा संलग्न ५ जना पक्राउ पक्राउ पर्नेमा रतुवामाई नगरपालिका ४ का ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरिया देवी राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवट छन् ।
राप्रपाको बन्दले महेन्द्रनगरको जनजीवन प्रभावित
राप्रपाको बन्दले महेन्द्रनगरको जनजीवन प्रभावित राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यान (पार्क) भित्र प्रवेश गरेर शहीद पन्तको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले राप्रपाका जिल्ला सचिव शिशिर थापासहितका १८ जनालाई पक्राउ गरेको थियो । उनीहरूको निशर्त रिहाइको माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार अनिश्चितकालीन बन्दको आह्वान गरेको हो । राप्रपाको बन्दका...
राजावादीहरूको आवाज मत्थर पार्न सरकारले के गर्नुपर्ला?
राजावादीहरूको आवाज मत्थर पार्न सरकारले के गर्नुपर्ला? नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजावादी शक्तिहरूको गणतन्त्रविरुद्धमा आएको राजतन्त्र पुनःस्थापनाको आवाजलाई मत्थर गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्ने माग राखेको छ ।
४० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ
४० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका हुन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । बचतकर्ताको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।
रसुवा अदालतमा ढुंगामुढा
रसुवा अदालतमा ढुंगामुढा ७०/८० जना भेला भएर अदालतमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । गत कात्तिक ८ गते काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफालेर बेपत्ता भएको घटनामा गोसाइकुण्ड गाउँपालिका- १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 
Weather Update