News Griha :: न्यूजगृह
२५ हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

काठमाडौं— काठमाडौंमा आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी– २०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिका साथ खरिद गरेको पाइयो ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिए । नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उनले जानकारी दिए ।

book-exhibition-1-1700914556.jpg

प्रदर्शनीका क्रममा हरेक दिन पठन संस्कृतिसम्बन्धी गोष्ठी गरिएको छ । जहाँ सरकारी अधिकारी, व्यवसायी, राजनीतिक दलका नेता एवं सरोकारवालालाई आमन्त्रण गरेर पठन संस्कृतिको प्रवर्द्धनमा तपाईँको भूमिका के भनी बहस र अन्तरक्रिया चलाइएको थियो ।

आयोजकले सरकार आफैँले पठन संस्कृतिको विकास गर्न पूर्वाधार बनाएर अघि बढ्नुपर्नेमा त्यो नदेखिएको बताउँदै सबैभन्दा पहिला पठन संस्कृतिको विकास गर्न प्रकाशक र लेखकहरूको संरक्षण गर्न ठोस नीतिको आवश्यकता औँल्याए ।

book-exhibition-2-1700914555.jpg

प्रदर्शनीमा प्रकाशनगृहहरूले सकिने जति छुट दिनुपर्नेमा त्यो नपाइएको उपभोक्ताको गुनासो पनि सुनियो । प्रदर्शनीको अन्तिम दिन शनिबार आकर्षणका रूपमा मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल थिए । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:०१
Weather Update