अफगानिस्तानले नयाँ दिल्लीको दूतावास बन्द गर्यो शुक्रबार, मंसिर ८, २०८०

राँगाको आक्रमणबाट वृद्धको मृत्यु शुक्रबार, मंसिर ८, २०८० राँगाको आक्रमणबाट बुधबार साँझ घाइते भएका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न स्थानबाट दुर्गा प्रसाईँका समर्थक पक्राउ शुक्रबार, मंसिर ८, २०८० दुर्गा प्रसाईँको ‘राष्ट्र बचाउ महाअभियान’का समर्थक पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।पक्राउको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले समर्थक पक्राउको यकिन तथ्याङ्क बताएको छैन । स्रोतका अनुसार ४ जना पक्राउ परेका छन् । आफ्ना समर्थकहरू पक्राउ परेपछि प्रसाईँले पत्रकार सम्मेलन गर्दैछन् ।

माछापुच्छ्रे हिमाल शुक्रबार, मंसिर ८, २०८०

नयाँ दिल्लीको प्रदूषणस्तर निकै खराब, मास्क अनिवार्य गर्न निर्देशन शुक्रबार, मंसिर ८, २०८० नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ । नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।

नेपाली सेनामा खुल्यो साढे ३ हजार जनालाई जागिर शुक्रबार, मंसिर ८, २०८० सैन्य पदका लागि नेपाली सेनाको अधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी उम्मेदवार स्वयंले सो को हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई फाराम भर्ने र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्नेछ।

प्रशासनले भन्यो– दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन शुक्रबार, मंसिर ८, २०८० जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत बिहीबारदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रसाईँले बिहीबार साँझ पत्रकार सम्मेलन गरी शुक्रबारदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति...

टी-२० शृङ्खलामा भारतले अष्ट्रेलियालाई हरायो शुक्रबार, मंसिर ८, २०८० विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रङ्गशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

आईपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक्स नखेल्ने शुक्रबार, मंसिर ८, २०८० इङ्ग्ल्याण्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल (आईपीएल–२०२४) को अर्को सिजनबाट बाहिरिने निर्णय गरेका छन् । स्टोक्सलाई सीएसकेले आईपीएल २०२३ को अक्सनमा १६.२५ करोडमा खरिद गरेको थियो ।
-1700728492.jpg)
दुर्गा प्रसाईं समूहको प्रदर्शन आजपनि, बिहान ११ बजेपछि तीनकुनेमा जम्मा हुने शुक्रबार, मंसिर ८, २०८० अभियानको पहिलो दिन बिहीबार बल्खुमा प्रदर्शन गरेको सो समूहले आजबाट तीनकुनेमा प्रदर्शन हुने बताएको हो । प्रसाईंका अनुसार ११ बजेबाट तीनकुनेमा प्रदर्शन हुनेछ । ‘निरन्तर प्रदर्शन जारी रहन्छ, अब हामी तीनकुनेमा ११ बजे जम्मा हुन्छौं,’ उनले भने ।

इजरायल–हमास द्वन्द्वमा युद्धविराम पालना भएन शुक्रबार, मंसिर ८, २०८० प्यालेस्टाइन क्रोनिकलको रिपोर्टका अनुसार गाजाको सरकारी मिडिया कार्यालयका प्रमुख इस्माइल अल–थवाबाताले गाजामा २४ घण्टामा २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । यो सम्झौतालाई इजरायली सरकारले बुधबार प्रारम्भमा अनुमोदन गरेको थियो र यो बिहीबारदेखि लागू हुने अपेक्षा गरिएको थियो ।

आज वर्षा र हिमपातको सम्भावना शुक्रबार, मंसिर ८, २०८० उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

जुवाडे पछ्याउँदा कास्की प्रहरीले बरामद गर्यो गोली र हतियार शुक्रबार, मंसिर ८, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट ६ जना जुवाडेलाई पक्राउ गरेको थियो । जुवाडे पछ्याउँदै गएको प्रहरीले उनीहरूको साथबाट २४ राउन्ड गोली, एक नाले बन्दुक र १ थान म्यागजिन बरामद गरेको हो ।









