News Griha :: न्यूजगृह
टी-२० शृङ्खलामा भारतले अष्ट्रेलियालाई हरायो 
Photo: espncricinfo

काठमाडौं— टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ ।

विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रङ्गशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८ विकेट गुमाएर  लक्ष्य भेट्टायो ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए । इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए । 

अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २ सय ८ रन बनाएको थियो । 

अष्ट्रेलियाका लागि इङ्लिसले ५० बलमा ११ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय १० रनको योगदान गरे। यसैगरी स्टिभ स्मिथले ४१ बलमा आठ चौकाको मद्दतले ५२, टिम डेविडले अविजित १९ र म्याथ्यु सर्टले १३ रन बनाए । दोस्रो विकेटका लागि १ सय ३० रनको साझेदारी गरे। भारतका लागि रवि बिश्नाई र प्रसिद्ध कृष्णले समान एक विकेट लिए । 

अष्ट्रेलियाविरुद्ध दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र  पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०७:३७
Weather Update