News Griha :: न्यूजगृह
भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा हल्का वर्षाको सम्भावना, अन्य ठाउँमा कस्तो रहला मौसम?

काठमाडौं— हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका एक/दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने तापक्रम हालको अवस्था भन्दा १.५ देखि २ डिग्रीले घट्ने सम्भावना छ । 

आइतबार पनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०५:४९
Weather Update