धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्कियो

काठमाडौं— धनगढी उडेको श्री एअरलाइन्समा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काइएको छ ।
शुक्रबार दिउँसो ३ः४० बजे चालकदलसहित ७६ यात्रु बोकेर एअरलाइन्सको क्यू ४०० नम्बरको जहाज धनगढी उडेको थियो ।
तर, उडान लगत्तै जहाजको इन्डिकेटरमा खराबी देखिएपछि जहाज काठमाडौं फर्काइएको श्री एअरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
जहाज करिब ३० नटिकल माइल उडान भरेपछि समस्या देखिएको मानन्धरको भनाइ छ ।
समस्या देखिएको जहाजको प्राविधिक अध्ययन भइरहेको मानन्धरले बताए । फर्काइएका यात्रुहरूलाई अर्को जहाजमार्फत गन्तव्यमा पठाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८० २०:२१













