News Griha :: न्यूजगृह
रौतहटमा युवकको शव फेला, सनाखत भएन

रौतहट— यमुनामाई गाउँपालिका–४ झाझपुलमा शुक्रबार युवकको शव फेला परेको छ ।

शवको सनाखत भएको छैन । पुलको पिलरको गोलोरिङभित्र पानीमा अन्दाजी २० वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीका डीएसपी दामोदर केसीले जानकारी दिए ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरका थिए । त्यसपछि प्रहरीको टोली पुगेको हो । प्रहरीले शव ल्याएर प्रादेशिक अस्पताल गौरमा राखेको छ । ‘अहिले प्रारम्भिक अनुसन्धानको काम सकिएको छ । मृत्यु हो वा हत्या भन्ने खुलेको छैन,’ डीएसपी केसीले भने, ‘सबैभन्दा पहिले शवको सनाखत हुन जरुरी छ । हामी त्यसैमा लागेका छौं ।’ 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १८:३३
Weather Update