News Griha :: न्यूजगृह
मृत्युदण्डको सजाय सुनाइएका भारतीय सेनाको याचिका कतारले स्वीकार गर्‍यो
हिन्दुस्तान टाइम्स

काठमाडौं— कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाइ गर्ने पनि जनाइएको छ ।

यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

भारत सरकारले आठ पूर्व नौसेना अधिकारीहरूलाई मृत्युदण्डको सजायको विरुद्धमा यो याचिका दायर गरेको थियो । कतार अदालतले बिहीबार भारतको याचिका स्वीकार गर्दै थप अध्ययन गरेर छिट्टै सुनुवाइ सुरु गर्ने छ ।

भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारको देहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिस नामक कम्पनीमा काम गरिरहेका थिए ।

उनीहरु सबैलाई सन् २०२२ को अगस्टमा पक्राउ गरिएको थियो । कतार सरकारले पूर्व नौसेना अधिकारीहरू विरुद्धको आरोपको बारेमा भने जानकारी दिएको छैन । अक्टोबर २६ मा कतार अदालतले यी पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:०१
Weather Update