News Griha :: न्यूजगृह
गृह मन्त्रालयले माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
गृह मन्त्रालयले माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि...
सदनमा गणपूरक संख्या पुगेन, बैठक स्थगित
सदनमा गणपूरक संख्या पुगेन, बैठक स्थगित गणपूरक संख्या भए/नभएको यकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले भोलि ११ बजेसम्मका बैठक स्थगित गरेका छन्। कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा २७५ मध्ये एक चौथाइ सदस्य अर्थात् ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जनामात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई सूचीबाट हटाउँदै बैठक स्थगित भएको सभामुखले जानकारी...
नेताहरूले भने– यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्
नेताहरूले भने– यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस् नेपाली कांग्रेसको महासमिति बैठकको चौथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरूमाथि समूहगत रुपमा छलफल भइरहेको छ। भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताए। उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ भन्दै प्रश्न गरे। उनले आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताउँदै पाँच वर्ष गठबन्धन हुनुपर्ने...
सत्ता गठबन्धन र सरकारकै आलोचनामा उत्रिए सत्तारुढका नेता
सत्ता गठबन्धन र सरकारकै आलोचनामा उत्रिए सत्तारुढका नेता जनमत पार्टीका अध्यक्ष सीके राउतले गठबन्धनको बैठक सत्ता टिकाउने तर्फमात्रै केन्द्रित भएको बताएका छन्।बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले आफू गठबन्धनको बैठकहरुमा जाँदा कतै पनि जनताको मुद्दाहरुमा छलफल नभएको बताए। उनले गठबन्धन टिकाउनमा मात्र नेताहरुले तयारी गर्ने गरेको उल्लेख गरे।उनले भने, ‘म पनि गठबन्धनमा नै छु तर विगतका बैठकहरुमा...
कटुवा पेस्तोलसहित पर्साबाट दुई जना पक्राउ
कटुवा पेस्तोलसहित पर्साबाट दुई जना पक्राउ उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना१२ प ४९७१ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो। उनीहरूविरुद्ध पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाल ए ले क्यानडालाई दियो १८२ रनको चुनौती
नेपाल ए ले क्यानडालाई दियो १८२ रनको चुनौती माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए । 
भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा
भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् ।आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । ‘बैंकबाट रु...
भावुक हुँदै सांसद चन्द्र भण्डारीले भने– देश चलाउनेले गल्ती गरे लथालिंग हुँदो रहेछ
भावुक हुँदै सांसद चन्द्र भण्डारीले भने– देश चलाउनेले गल्ती गरे लथालिंग हुँदो रहेछ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा किन विषम परिस्थिति आयो भन्दै सदनमा प्रश्न गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले भने, ‘लघुवित्त, मिटरव्याज, सहकारी पीडित किन हामीसँग गुनासो गरिरहेका छन्। किन घरबारविहीन भइरहेका छन्? किन युवा देशमा बस्न चाहिरहेका छैनन्?’
सांसदहरूको प्रश्न– सरकारमा बसेकाले नैतिकता देखाउन पर्दैन? 
सांसदहरूको प्रश्न– सरकारमा बसेकाले नैतिकता देखाउन पर्दैन?  प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोधको चेतावनी दिएका छन् ।     बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले उठेर बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद रघुजी पन्तलाई समय दिएका थिए।   नेता पन्तले सरकारमा रहेका...
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन्। बुधबारदेखि सुरु भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति पञ्चकोट पुगेका हुन्। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन्। राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ पुगेका हुन्। पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको...
Weather Update