News Griha :: न्यूजगृह
सांसद विराजभक्तको चेतावनी: सरकार सदनप्रति जवाफदेही हुँदैन भने संसद अवरुद्ध पार्छौ
सांसद विराजभक्तको चेतावनी: सरकार सदनप्रति जवाफदेही हुँदैन भने संसद अवरुद्ध पार्छौ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त क्षेष्ठले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसद श्रेष्ठले संसदलाई सरकारले यसरी नै वेवास्ता गरे सदन अवरुद्ध गर्ने चेतावनी दिए। बालकुमारी घटनाको विषय उठाउँदै उनले घटनाको अध्ययन गरी तयार पारेको प्रतिवेदन कहाँ छ? किन सदनमा जानकारी गराइएन? प्रतिवेदनमाथि के कारबाही...
बारामा बाघको आक्रमणबाट मोटरसाइकलमा सवार २ जना घाइते
बारामा बाघको आक्रमणबाट मोटरसाइकलमा सवार २ जना घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा पर्ने पिलुवा नजिकैको जङ्गलमा बुधबार साँझ मोटरसाइकलमा सवार दुई युवालाई बाघले आक्रमण गरेको छ। घटनास्थल जितपुर सिमरा उपमहानगरपालिका– १६ भद्रकाली भन्ने ठाउँमा पर्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेका अनुसार बाघको आक्रमणबाट घाइते भएका युवाको सामुदायिक अस्पताल निजगढमा उपचार भइसकेको छ।  
खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो
खोप लगाउन आह्वान गर्दै घरघरमा निम्तो नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ। महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप...
टस जितेको क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
टस जितेको क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाल ए र क्यानडा ११ बीचको एक दिवसीय सिरिज अन्तर्गत आज निर्णायक खेल। यो प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा जारी छ। जारी प्रतियोगितामा क्यानडा ११ ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। आजको खेलमा सन्दिप जोराले कप्तानी सम्हाल्नेका छन्। १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ।...
हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान
हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रुपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए।
प्रदेश सरकार र पहिचान पक्षधरबिच तीन बुँदे सहमति
प्रदेश सरकार र पहिचान पक्षधरबिच तीन बुँदे सहमति पहिचानवादी संगठनका प्रतिनिधि र कोशी प्रदेश सरकारको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ। विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो।सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो।प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन...
सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण
सुरक्षाकर्मी र कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण भोजपुरमा कार्यरत सुरक्षाकर्मी तथा कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिइएको छ। तनाव व्यवस्थापनका लागि जीवन विज्ञानले उनीहरुलाई आवश्यक व्यायाम, प्रणायमसँगै खुसी प्राप्त गर्न अपाउन सकिने विधिलगायत विषयमा कक्षा सञ्चालन गरेर प्रशिक्षण दिइएको हो। 
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो।आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय...
सहकारी ठगीको अपराध: ढल्नै लागेको हो अर्थतन्त्रको तेस्रो खम्बा? 
सहकारी ठगीको अपराध: ढल्नै लागेको हो अर्थतन्त्रको तेस्रो खम्बा?  पछिल्लो समय केही सहकारीहरुमा देखिएको समस्याले बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ। जसकारण अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिएको सहकारी अभियान नै तहनहस हुने जोखिम बढेको विज्ञहरुको चिन्ता छ। अर्थविद् गोविन्द नेपाल केही ठूला सहकारीहरुले गरेको बदमासीका कारण अहिले समग्र सहकारी क्षेत्र नै भताभुंग हुने अवस्थामा पुगेको बताउँछन्। सहकारी क्षेत्र...
‘मिस नेपाल पिस २०२४’ को घोषणा
‘मिस नेपाल पिस २०२४’ को घोषणा
Weather Update