News Griha :: न्यूजगृह
संसदमा प्रतिपक्षीको विरोध, ६ गतेकै रुलिङ सभामुखले दोहोर्‍याएपछि बैठक सञ्चालन

काठमाडौं– प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले विरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले यसअघि फागुन ६ गतेको बैठकको रुलिङ दोहोर्‍याएपछि बैठक सञ्चालन भएको छ। 

फागुन ६ गतेको बैठकमा सभामुखले संसदको शुन्य, विशेष र आकष्मिक समयमा उठेका सवालको सरकारले उचित जवाफ दिनुपर्ने भन्दै रुलिङ गरेका थिए। 

आजको बैठकमा पनि सांसदहरूले सोही विषय उठाएपछि सरकारको ध्यानाकर्षण गराउँदै सभामुखले रुलिङ दोहोर्‍याएपछि विपक्षी दलका सांसद बैठकमा बसेका थिए। अहिले बैठक सञ्चालन भइरहेको छ। 

आजको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्त, राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाही, रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकार सदनप्रति जवाफदेही नभएको भन्दै आक्रोस पोखेका थिए। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:४५
Weather Update