News Griha :: न्यूजगृह
भावुक हुँदै सांसद चन्द्र भण्डारीले भने– देश चलाउनेले गल्ती गरे लथालिंग हुँदो रहेछ

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा किन विषम परिस्थिति आयो भन्दै सदनमा प्रश्न गरेका छन्। 

आजको प्रतिनिधि सभाको बैठकमा सांसद भण्डारीले भने, ‘लघुवित्त, मिटरव्याज, सहकारी पीडित किन हामीसँग गुनासो गरिरहेका छन्। किन घरबारविहीन भइरहेका छन्? किन युवा देशमा बस्न चाहिरहेका छैनन्?’

देशको लथालिंग अवस्थाको बारेमा चित्रण गर्दै सांसद भण्डारीले भने, ‘मैले पढेको थिएँ– एउटा कम्प्यूटरले प्रोग्राम बनाउँछ, राजनीति गर्ने व्यक्तिले देश बनाउँछन्। एउडा डाक्टरले गल्ति गरे ६ फिट जमिन खन्नुपर्छ। एउटा जर्जले गल्ती गरे ६ फिटमाथि रस्सी बाँध्नुपर्छ। देश चलाउने मान्छेले गल्ती गरे आर्थिक रुपले देश भताभूंग हुँदो रहेछ।’

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:२७
Weather Update