News Griha :: न्यूजगृह
किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरूले सरकार ढाल्ने क्षमता राखेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन्। उनले भने, ‘किसानको दूध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरूले सरकार ढाल्ने सम्मको क्षमता राख्छन् होसियार रहनुहोला ।’ 

उनले मिटरब्याजी पीडितहरू २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजी पीडितहरूको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए ।

भूमिहीन सुकुमबासीहरूलाई चुनावी फण्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमिहीन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।  
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:१६
Weather Update