News Griha :: न्यूजगृह
सदनमा गणपूरक संख्या पुगेन, बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी (दोश्रो संशोधन) विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे ।

गणपूरक संख्या भए/नभएको यकिन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख देवराज घिमिरेले भोलि ११ बजेसम्मका बैठक स्थगित गरेका छन्। कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा २७५ मध्ये एक चौथाइ सदस्य अर्थात् ६९ जना सदस्य आवश्यक पर्नेमा ६५ जनामात्र उपस्थित देखिएकाले बाँकी कार्यक्रमलाई सूचीबाट हटाउँदै बैठक स्थगित भएको सभामुखले जानकारी गराए।

कांग्रेस महासमिति बैठक, एमाले केन्द्रीय कमिटी र माओवादी पनि आन्तरिक छलफलमा रहेका कारण प्रतिनिधि सभामा सांसदहरूको न्यून उपस्थिति देखिएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:४१
Weather Update