News Griha :: न्यूजगृह
सरकारलाई सांसदको प्रश्न– गाँजाको अध्ययन अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं– प्रतिनिधि सभाका सांसद रामकुमार राईले किसानले गाँजा खेती गर्न पाउनुपर्ने माग गरेका छन्। 

प्रतिनिधि सभाको आजको बैठकमा सांसद राईले सरकारले गाँजाको अध्ययन अनुसन्धान गर्छु भनेको भन्दै त्यो प्रकृया कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन्। 

उनले भने, ‘विगत ८०/८१ को नीति कार्यक्रममा अर्थमन्त्रीमार्फत गाँजाको अध्ययन अनुसन्धान गरिनेछ भनिएको थियो। गाँजाको अध्ययन अनुसन्धान कहाँ पुग्यो ? किसानले गाँजा खेती गर्न पाउनुपर्छ भन्ने माग छ।’

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १२:०२
Weather Update