घूस लिँदालिँदै पक्राउ परेका नासु र नापी सर्वेक्षकविरुद्ध मुद्दा दायर शुक्रबार, फागुन ११, २०८०

अभिनेत्री रेखा थापालाई पुत्री लाभ शुक्रबार, फागुन ११, २०८० अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ। अमेरिकाको कोलोराडोमा रहेकी अभिनेत्री थापाले छोरीलाई जन्म दिएकी हुन्।रेखाले आफू अस्पतालको शय्यामा सुतेर छोरीलाई अङ्गालेको र श्रीमान् छेउमा बसेको तस्बिर सार्वजनिक गरेकी छन्। उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन्।

कसरी चोरी भयो २६ दिनको शिशु?, संदिग्ध महिलाको खोजी सुरु शुक्रबार, फागुन ११, २०८० थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ।अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन्। मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा...
![बुढीगंगा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर [अपडेट]](https://newsgriha.com/uploads/posts/morang-accident-1708663704.jpeg)
बुढीगंगा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु, एकको अवस्था गम्भिर [अपडेट] शुक्रबार, फागुन ११, २०८० भारतीय नम्बर प्लेट प्लेटको मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए। उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन्। त्यस्तै, किचिएर मृत्यु हुनेमा अर्की स्थानीय ७ वर्षीया रीमा खवास छिन्।
![मौसम खुलेपछि हाँसेको हिमाल [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/rasuwa1-(11)-1708679241.jpg)
मौसम खुलेपछि हाँसेको हिमाल [तस्बिरहरू] शुक्रबार, फागुन ११, २०८०

रसियन प्रेमिका एल्सिनाबाट अलग्गिए टम क्रुज शुक्रबार, फागुन ११, २०८० हलिउड अभिनेता टम क्रूज केही समयदेखि आफू भन्दा २५ वर्ष कान्छी रसियन सामाजिक अभियन्ता एल्सिना खैरोवासँग डेटका कारण चर्चामा थिए। यही चर्चा बीच उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको छ।सञ्चारमाध्यमका अनुसार दुवैबीच धेरै गहिरो सम्बन्ध बन्न नपाउँदै दुवैले अलग्गिने निर्णय लिएका छन्। टम ३६ वर्षीया एल्सिनासँग डेटमा रहेको र...

राजावादी उदाउनु संसदीय व्यवस्था असफल भएको पुष्टि हो– मोहन बैद्य शुक्रबार, फागुन ११, २०८० क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन बैद्यले नेपालको संसदीय व्यवस्था ने असफल भएकाले राजावादी सक्रिय भएको बताएका छन्। न्यूजगृहसँग कुराकानी गर्दै बैद्यले अब देश परिवर्तनको खाकासहित आफूहरू विकल्पमा जाने उद्घोष गरे। पार्टी एकतापछि महाधिवेशनको तयारीमा जुटेका बैद्यले एकीकृत पार्टीको महाधिवेशनपछि आफ्नो पार्टी नयाँ जनवादसहितको वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने बताए। ...

संसदीय समिति ‘गाईजात्रा’ देखाउने ठाउँ होइन् : मन्त्री गुरुङ शुक्रबार, फागुन ११, २०८० कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिलाई ‘गाईजात्रा’ देखाउने थलोको रुपमा प्रयोग नगर्न आग्रह गरेका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिमा बसेको बैठकमा उनले प्रमुख सचिवालयबाट आएको क्यालेन्डरमा समितिका सदस्यहरूले आपत्ति जनाएपछि मन्त्रीले गाईजात्रा देखाउने थलोको रुपमा समितिलाई प्रयोग नगर्न आग्रह गरेका हुन्।

लिग टू : नामिबियाले नेदरल्याण्ड्सलाई दियो २०४ रनको लक्ष्य शुक्रबार, फागुन ११, २०८० त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समयभन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सबै विकेट गुमाएर २०३ रनमात्रै बनाउन सक्यो। नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र...

वादविवाद र अडानको हल सदनबाटै हुन सक्दैन– सभामुख शुक्रबार, फागुन ११, २०८० सभामुख देवराज घिमिरेले पटक पटक प्रतिनिधि सभाको आजको कार्यसूचीमा जान विपक्षी दलका सांसदलाई गरेको अनुरोध अस्वीकार भएपछि संसद बैठक स्थगित गरेका छन्। उनले भने, ‘वादविवाद, आफ्ना विषयमा अडान, सही गलत यही छलफल गरेर टुंग्याएर अगाडि बढ्न यहाँ सम्भव छैन। त्यसैले मैले सभाको गरिमा, सभा सञ्चालनका कमजोरी, सञ्चालनका दोष, हाम्रो दायित्व...
प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्दैनः ज्ञानेन्द्र शाही शुक्रबार, फागुन ११, २०८० शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसद्मा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे। बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वाला लगायतलाई पक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका हुन्।

श्रीलङ्कामा नेपाली अलैँचीको चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस शुक्रबार, फागुन ११, २०८० श्रीलङ्काको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको 'एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन'मा नेपालमा उत्पादित अलैँचीले अर्थतन्त्रमा पुर्याएको योगदानको विषयले स्थान पाएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता थियो। विशेषगरी नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी...
आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने, बिहीबार कहाँ कति पानी पर्यो? शुक्रबार, फागुन ११, २०८० आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली हुने र देशका बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई स्थानमा छिटफुट वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका थोरै...









