News Griha :: न्यूजगृह
रसियन प्रेमिका एल्सिनाबाट अलग्गिए टम क्रुज

काठमाडौं– हलिउड अभिनेता टम क्रूज केही समयदेखि आफू भन्दा २५ वर्ष कान्छी रसियन सामाजिक अभियन्ता एल्सिना खैरोवासँग डेटका कारण चर्चामा थिए। यही चर्चा बीच उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको छ।

सञ्चारमाध्यमका अनुसार दुवैबीच धेरै गहिरो सम्बन्ध बन्न नपाउँदै दुवैले अलग्गिने निर्णय लिएका छन्। टम ३६ वर्षीया एल्सिनासँग डेटमा रहेको र उनी एल्सिनाकै अपार्टमेन्टमा बस्ने गरेको समाचार बाहिर आएका थियो। उनीहरूले रोमान्सको अवधिमा अधिकांश समय सँगै देखिन्थे।

यो महिनाको सुरुवा यो जोडी लण्डनमासँगै देखिएका थिए। तर अब भने उनीहरु एकअर्कासँग अलग्गिने निर्णय लिएका छन् । एल्सिनाले केही समयअघि मात्र आफ्ना सन्तानसँग टम क्रुजलाई भेटाएकी थिइन्। आफ्ना सन्तानलाई भेटाएको केही दिन बित्न नपाउँदै उनीहरु अलग्गिएका हुन्। 

टम तीन सन्तानका पिता हुन्। उनले तीन विवाह गरेका छन्। यसका बाबजुद पनि अहिले उनी ‘सिंगल’ छन्। उनले मिमी रोगर्ससँग सन् १९८७ मा पहिलो विवाह गरेका थिए। विवाहको दुई वर्षपछि सन् १९९० मा उनीहरु अलग्गिए।

यसपछि टमको जीवनमा निकल किडमनको प्रवेश भयो । तर उनीहरु सन् २००१ मा अलग्गिइन् त्यसको पाँच वर्षपछि टमले सन् २००६ मा केटी होम्ससँग विवाह गरेका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:२५
Weather Update