News Griha :: न्यूजगृह
आईपीएलमा आज बैंग्लोर र लखनउ भिड्दै
आईपीएलमा आज बैंग्लोर र लखनउ भिड्दै इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुँदैछ। बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति पौने आठ बजेदेखि हुनेछ। जारी आइपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ।
आईपीएल: मुम्बई तेस्रो खेलमा पनि पराजित, राजस्थानको सानदार जित
आईपीएल: मुम्बई तेस्रो खेलमा पनि पराजित, राजस्थानको सानदार जित जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सानदान जित हासिल गरेको छ। राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई इन्डियन्स ६ विकेटले पराजित भयो। राजस्थानका बलरसामू टिक्न नसक्दा मुम्बईले तेस्रो खेलमा पनि खाता खोल्न सकेन। वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर...
आयरल्याण्ड ‘ए’ माथि नेपालको रोमाञ्चक जित
आयरल्याण्ड ‘ए’ माथि नेपालको रोमाञ्चक जित नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ। तीन खेलको सिरिज भने नेपालले २–१ ले गुमाएको छ।२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो।   
आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य
आरिफको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ए लाई नेपालले दियो २१४ रनको लक्ष्य अनुभवी ब्याटर आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल ए ले तेस्रो तथा अन्तिम टी–२० खेलमा आयरल्याण्ड ए लाई २१४ रनको बलियो लक्ष्य दिएको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनायो।
आयरल्याण्ड ए विरुद्ध टस हारेको नेपाल ब्याटिङमा
आयरल्याण्ड ए विरुद्ध टस हारेको नेपाल ब्याटिङमा टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ। नेपालका देव खनाल र लोकेश बम ओपनरका रुपमा मैदान उत्रिएका छन्। पहिलो र दोस्रो खेलमा पराजित भएको नेपाल आजको खेल जित्दै क्लीनस्वीप हुनबाट बच्ने रणनीतिका साथ मैदान...
आईपीएलमा २९ औँ पटक भिड्दैछन् मुम्बई र राजस्थान 
आईपीएलमा २९ औँ पटक भिड्दैछन् मुम्बई र राजस्थान  इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन्। यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ। अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती...
१० लाख पुरस्कार राशिको जीतपुर सिमरा गोल्डकप चैत २४ देखि
१० लाख पुरस्कार राशिको जीतपुर सिमरा गोल्डकप चैत २४ देखि जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि सुरु हुने भएको छ। बाराको सिमरामा पत्रकार सम्मेलन गरेर नवजनजागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी गराएको हो । सिमरा रङ्गशालामा सो प्रतियोगिता आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ।
सिक्किम विराट गोल्डकपको सेमिफाइनलमा
सिक्किम विराट गोल्डकपको सेमिफाइनलमा भारत सिक्किमको ड्रेगन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विराट गोल्ड कप ट्रष्टले विराटनगरको शहीद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत गएरातिको खेलमा ड्रेगन फुटबल क्लबले काठमाडौंको न्यूरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गरेको हो।  
नेपाल ए र आयरल्याण्ड ए बीचको खेल आज १ बजे
नेपाल ए र आयरल्याण्ड ए बीचको खेल आज १ बजे टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल आज हुँदैछ। खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।पहिलो र दोस्रो खेलमा नेपाल पराजित भएपनि यो सिरिजको उपाधि एक खेल अघि नै आयरल्याण्डले जितिसकेको छ। आजको खेल भने औपचारिकतामै सीमित हुनेछ। 
नेपालले गुजरातलाई ८ विकेटले हरायो
नेपालले गुजरातलाई ८ विकेटले हरायो त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको छ। गुजरात भारतको राज्यस्तरीय टोली हो।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनायो। जबाफी ब्याटिङमा नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो
नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको हो।खेल सुरु भएको छ। शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो। नेपाली टोलीमा...
Weather Update