आयरल्यान्डले नेपाललाई दियो २८५ रनको विशाल लक्ष्यआइतबार, चैत २५, २०८०

नेपाल ‘ए’ले टस हारेर फिल्डिङ गर्दै आइतबार, चैत २५, २०८० नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ‘ए’ विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ।त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपाल 'ए' ले आयरल्यान्डसँग अन्तिम खेल खेल्दै आइतबार, चैत २५, २०८० नेपाल 'ए' ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आज आयरल्यान्ड ए विरुद्ध खेल्दैछ।खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको...

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा, म्यानचेस्टर सिटी र वेस्टह्यामको पुनरागमन जित आइतबार, चैत २५, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमै फर्किएको छ। शनिबार राति भएको खेलमा ब्राइटनविरुद्ध ३–० को सहज जित निकालेको आर्सनल लिभरपुललाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। आर्सनलले ३१ खेलबाट ७१ अंक बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अंक छ।

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै आइतबार, चैत २५, २०८० एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन्। गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो। नेपालले यसअघिका दुवै खेल जितेको छ। नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुग्यो। गुजरातले भने बरोडालाई दुवै...

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई आइतबार, चैत २५, २०८० मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार राति विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो।

राजस्थानसँग हार्यो आरसीबी, विराट र बटलरको शतक आइतबार, चैत २५, २०८० इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो। आरसीबीले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो। राजस्थानका लागि जोस बटलरले शतक बनाए। बटलरले अन्तिम बलमा शतक पुर्याए।

आईपीएलमा आज राजस्थान र आरसीबी भिड्ने, यस्तो छ हेड टु हेड शनिबार, चैत २४, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) बीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।

आईपीएलमा हैदरावादको शानदार जित शनिबार, चैत २४, २०८० चेन्नाईका मोइन अलीले २ विकेट लिँदा दीपक चहार र महेश तिक्क्षणाले समान एक/एक विकेट लिए। जितपछि हैदरावादले ४ खेलबाट ४ अंक बनाएको छ। चेन्नाईको पनि चार खेलबाट ४ अंक नै रहेको छ। चेन्नाई तालिकाको तेस्रो तथा हैदरावाद पाँचौं स्थानमा छ। जारी आईपीएलमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स शतप्रतिशत जितका...

फाइनल पुगेको नेपाल बरोडासँग हार्यो शुक्रबार, चैत २३, २०८० आईसीसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम भारतको रणजी टिम बरोडासँग ३७ पराजित भएको छ। शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो। यसअघि लगातार तीन खेलमा जित निकालेको नेपाल फाइनल भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल...

आयरल्यान्ड 'ए'विरुद्ध नेपाल 'ए' को फराकिलो हार शुक्रबार, चैत २३, २०८० नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ।यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ।१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो।

आयरल्यान्डले दियो नेपाल 'ए'लाई १७५ रनको लक्ष्य शुक्रबार, चैत २३, २०८० आयरल्यान्ड ‘ए’ ले दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा अल आउट हुँदै १७४ रन बनायो।

फ्रेन्डसिप टी–२० कप: नेपालले आज बरोडासँग खेल्दै शुक्रबार, चैत २३, २०८० नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ। खेल दिउँसो २:४५ मा सुरु हुनेछ।नेपाल फाइनलमा पुगिसकेको छ। बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ।नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ। पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो।