आईपीएलमा आज राजस्थान र आरसीबी भिड्ने, यस्तो छ हेड टु हेड

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी) बीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।
राजस्थान सन्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन्।
आईपीएलमा राजस्थान र बैंग्लुरुले ३० खेल खेलेका छन्। राजस्थान १२ र बैंग्लुरु १५ खेलमा विजयी भएको छ। यी दुईबीचको ३ खेलमा कुनै नतिजा निस्केन। दुई टोलीबीच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४/४ ले जितेका थिए।
गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो। यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ। अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ।
प्रकाशित मिति: शनिबार, चैत २४, २०८० ०९:१६