आयरल्यान्डले दियो नेपाल 'ए'लाई १७५ रनको लक्ष्य

काठमाडौं — आयरल्यान्ड ‘ए’ ले दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा अल आउट हुँदै १७४ रन बनायो।
आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए।
नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए।
रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १२:५४