News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित
एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । 
दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का
दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।
नेपालले आज कतारसँग खेल्दै
नेपालले आज कतारसँग खेल्दै नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ।खेल अपरान्ह ४:१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा २६ रनले पराजित भएको थियो।...
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए। उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन्।
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छँदा पूरा गर्‍यो। नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ शेखले ३२ रन...
एसीसी प्रिमियर कप: १४४ रनको लक्ष्य पाएको नेपाल जबाफी ब्याटिङमा
एसीसी प्रिमियर कप: १४४ रनको लक्ष्य पाएको नेपाल जबाफी ब्याटिङमा स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ। अल अमरेत क्रिकेट मैदान-१ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो।
एसीसी प्रिमियर कप: नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै [हेर्नुहोस् लाइभ]
एसीसी प्रिमियर कप: नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै [हेर्नुहोस् लाइभ] नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ।ओमानको अल अमरेत मैदानमा- १ मा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्।
आरसीबीमाथि मुम्बईको सानदार जित
आरसीबीमाथि मुम्बईको सानदार जित तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)माथि ७ विकेटको सानदार जित हात पारेको छ।१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५...
एसीसी टी–२० प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै‚ यस्तो छ तालिका
एसीसी टी–२० प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै‚ यस्तो छ तालिका एसीसी टी–२० प्रिमियर कपमा नेपालले शुक्रबार मलेसियासँग खेल्दै छ। ओमानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ।तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कपको शुरु गर्न लागेको हो। डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा गरे अर्को वर्ष एशिया कपमा भारत र पाकिस्तानसँग...
सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान
सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्।
आईपीएल क्रिकेटमा राजस्थानको पहिलो हार
आईपीएल क्रिकेटमा राजस्थानको पहिलो हार आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हरायो।राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो। अन्तिम ओभरमा १५ रन चाहिएकोमा रसिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन प्रहार...
Weather Update