News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।

रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए। उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन्।

Prabhu Bank

रोहितले ४४ खेलका ४२ इनिङ्गमा आफ्नो एक हजार रन पुरा गरेका छन्। टी-२० मा उनको उच्च रन ६१ रहेको छ।

rohit_kumar_paudel-1712482593.jpg
उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन्। नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने खेलाडी दीपेन्द्र सिंह ऐरी हुन्।

ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन्। उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन्।

rohit-paudel-1699167824.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०८:११
Weather Update