News Griha :: न्यूजगृह
नेपालले आज कतारसँग खेल्दै

काठमाडौं— नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ।

खेल अपरान्ह ४:१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।

कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा २६ रनले पराजित भएको थियो। नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो।

नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई खेल भएको छ। आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो।

१० टोली सहभागी यस प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १०:४९
Weather Update