लज्जास्पद ब्याटिङ
आयरल्यान्ड 'ए'विरुद्ध नेपाल 'ए' को फराकिलो हार

काठमाडौं — नेपाल ए आयरल्यान्डसँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ। यससँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अल आउट भयो।
नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए। विनोद भण्डारी १९ बलमा २ चौकासहित १६ रनमा आउट भए। नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६–६ रनमा आउट भए। नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो। अन्तिम खेल आइतबार हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १४:४६