News Griha :: न्यूजगृह
स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि
स्पेनले जित्यो चौथो पटक युरोकप उपाधि जर्मनीको बर्लिनमा भएको फाइनलमा इङ्ग्ल्यान्डलाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो।
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे, क्यानडा ४-३ ले पराजित
कोपा अमेरिकामा तेस्रो भयो उरुग्वे, क्यानडा ४-३ ले पराजित आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो। 
युरोकप फाइनलमा आज राति स्पेन र इङ्ग्ल्याण्डबीच प्रतिस्पर्धा
युरोकप फाइनलमा आज राति स्पेन र इङ्ग्ल्याण्डबीच प्रतिस्पर्धा सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्ड नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो। 
हसरंगाले छोडे श्रीलङ्का क्रिकेट टिमको कप्तानी
हसरंगाले छोडे श्रीलङ्का क्रिकेट टिमको कप्तानी श्रीलङ्काली स्पिनर वानिन्दु हसरंगाले टी२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानीबाट राजीनामा दिएका छन्। भारतसँग यसै महिनाको अन्त्यमा हुने तीन टी२० र तीन एकदिवसीय शृङ्खलाअघि उनले कप्तानी पदबाट राजीनामा दिएका हुन्।
एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने
एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ।
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोलोम्बिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो। 
इङ्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा
इङ्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्‍यो। ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले। कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिस गर्दै इङ्ल्यान्डलाई जित दिलाए।
युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड खेल्दै
युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड खेल्दै युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ। नेदरल्याण्ड्सले क्वार्टरफाइनलमा टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ।
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको छ। मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे।
फ्रान्सलाई हराउँदै स्पेन १२ वर्षपछि युरोकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन १२ वर्षपछि युरोकपको फाइनलमा स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ।म्युनिखमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता निकाल्दै स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो।
गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक
गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन्।
युरोकपको पहिलो सेमिफाइनल आज, स्पेनको जितमा ब्रेक लगाउँदै फाइनलमा पुग्ने दाउमा फ्रान्स
युरोकपको पहिलो सेमिफाइनल आज, स्पेनको जितमा ब्रेक लगाउँदै फाइनलमा पुग्ने दाउमा फ्रान्स युरोकप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्सले एकअर्काविरूद्ध खेल्दै छन्। खेल नेपाली समय अनुसार राति पौने १ बजे जर्मनीमा हुनेछ।
Weather Update