युरोकप फाइनलमा आज राति स्पेन र इङ्ग्ल्याण्डबीच प्रतिस्पर्धा

काठमाडौं— राति युरोकपको फाइनलमा स्पेन र इङ्ग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान १२:४५ बजेदेखि सुरु हुने छ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्ड नेदरल्याण्ड्सलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौँ पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ। २०२० मा सम्पन्न युरोकपमा इङ्ग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।
स्पेन र इङ्ग्ल्याण्ड अहिलेसम्म २७ पटक आमनेसामने भएका छन्। जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ग्ल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ ०७:२४