News Griha :: न्यूजगृह
अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि 

काठमाडौं— अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। 

केहीबेरअघि सम्पन्न खेलमा कोलम्बियालाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो।

खेलको ११२औँ मिनेटमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन्। 

खेलका लागि निर्धारित ९० मिनेटमा दुवै देशले गोल गर्न नसकेपछि अतिरिक्त समय थप गरिएको थियो। 

त्यस्तै खेलको ६८ औँ मिनेटमा लियोनल मेस्सी मैदानबाट बाहिरिएका थिए। मेस्सी मैदानबाट बाहिरिएपछि अर्जेन्टिनाका लागि उपाधि जित्न कठिन मानिएको थियो। 

यद्यपि अर्जेन्टिनाले गोल गर्दै कीर्तिमानी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:२०
Weather Update