एम्बाप्पेलाई रियल म्याड्रिडले जुलाई १६ मा प्रस्तुत गर्ने

काठमाडौं— रियल म्याड्रिडले किलीयन एम्बाप्पेलाई आगामी जुलाई १६ मा प्रस्तुत गर्ने भएको छ।
रियल म्याड्रिडमा सम्झौता गरिसकेका एम्बाप्पे फ्रान्सको टिम युरोकपबाट बाहिरिएसँगै रियल म्याड्रिडले आफ्ना फ्यानहरूका बीच जुलाई १६ मा प्रस्तुत गर्ने भएको हो।
एम्बाप्पेले पीएसजी छोडेर फ्री– ट्रान्सफरमा रियल म्याड्रिड गएका थिए। एम्बाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन्।
उनले रियल म्याड्रिडमा वार्षिक १६.२ मिलियन डलर पारिश्रमिक पाउने गरी सहमति गरेका छन्। साथै उनले रियल म्याड्रिडबाट १५० मिलियन युरो साइनिङ शुल्क लिएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ १०:२१