News Griha :: न्यूजगृह
युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड खेल्दै

काठमाडौं— युरोकपको दोस्रो सेमिफाइनलमा आज नेदरल्याण्ड्स र इङ्ग्ल्याण्ड खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।

नेदरल्याण्ड्सले क्वार्टरफाइनलमा टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने इङ्ग्ल्याण्डले स्विट्जरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको छ।

नेदरल्याण्ड्सले यो सहित ११ औँ पटक युरोकप खेल्दै छ भने अहिलेसम्मको नेदरल्याण्ड्सको उत्कृष्ट प्रदर्शन १९८८ मा युरोकपको उपाधि जितेको थियो।

त्यस्तै इङ्ग्ल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो।  त्यस्तै स्विट्जरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन।

नेदरल्याण्ड्स र इङ्ग्ल्याण्डबीच अहिलेसम्म २२ खेल भएका छन्। जसमा इङ्ग्ल्याण्डले ६ खेल जितेको छ भने नेदरल्याण्ड्सले ७ पटक जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन्।
जारी युरोकपमा दुवै देशको प्रदर्शन समान किसिमकै देखिन्छ।

स्टार खेलाडीहरूले भरपुर दुवै टिमको प्रदर्शन भने खेलाडी अनुसारको देखिएको छैन।

इङ्ग्ल्याण्डका लागि फिल फोडेन र ह्यारी केन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र भिगिल भानडाइक जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १२:०२
Weather Update