News Griha :: न्यूजगृह
क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं— लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको छ। 

मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे।

अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ।

साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ। २०२१ मा कोपा जितेको र अर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो।

खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा मेसीले गोल थपे। उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:००
Weather Update