रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सक्छन्?सोमबार, असार २४, २०८१

जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक आइतबार, असार २३, २०८१ भारतले जिम्बाबेविरुद्धको दोस्रो टी२० खेलमा जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो।

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा आइतबार, असार २३, २०८१ आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५—० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ।

ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा आइतबार, असार २३, २०८१ उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ। जारी कोपा अमेरिकाको क्वार्टरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४—२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स सेमिफाइनलमा, इङ्ल्यान्डको सामना गर्ने आइतबार, असार २३, २०८१ टर्कीविरुद्ध पुनरागमन जित निकाल नेदरल्याण्ड्स युरोकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गरेको हो।

इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश आइतबार, असार २३, २०८१ इङ्ल्यान्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–३ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो।

सडन डेथमा जित्दै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा शनिबार, असार २२, २०८१ क्यानाडाले कोपा अमेरिका २०२४ मा शनिबार भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ।

पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा शनिबार, असार २२, २०८१ शनिबार बिहान भल्क्सपार्क स्टाडियोनमा भएको खेलमा फ्रान्सले टाइब्रेकरमा ५–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । पेनाल्टीमा फ्रान्सबाट प्रहारका लागि आएका पाँचजना खेलाडी नै गोल गर्न सफल बने । फ्रान्सका ओस्मान डेम्बेले, युसुफ फोफाना, जुलेस काउन्डे, ब्राड्ली बार्कोला र थियो हर्नान्डेजले गोल गरे ।

जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा शनिबार, असार २२, २०८१ मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।

सन्दीपलाई क्यानले दियो 'ए'ग्रेडको केन्द्रीय सम्झौता शुक्रबार, असार २१, २०८१ क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म 'ए' ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । 'ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।

अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय शुक्रबार, असार २१, २०८१ क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।

युरोकपको क्वार्टरफाइनलमा आजराति पोर्चुगल र फ्रान्स भिड्दै शुक्रबार, असार २१, २०८१ जारी युरोकपको क्वार्टरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि सुरु हुने छ । पोर्चुगलले राउन्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको हो । त्यस्तै फ्रान्सले भने राउन्ड १६ मा बेल्जियमलाई १-० गोल...

प्रशिक्षक इरिक टेन हाग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने शुक्रबार, असार २१, २०८१ इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक इरिक टेन हागसँग थप दुई वर्षको सम्झौता गरेको छ।क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक इरिकसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ। क्लबले टेन इरिकलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो।