News Griha :: न्यूजगृह
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सक्छन्?

काठमाडौं—  पोर्चुगल युरोकप, २०२४ बाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी सुरु भएको छ।

नेपाली समयअनुसार शुक्रबार मध्यराति जर्मनीको हमबर्गमा फ्रान्स र पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा आमनेसामने भएका थिए। निर्धारित र अतिरिक्त गरी १२० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। जहाँ केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सले रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलमाथि बाजी मार्‍यो।

रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम युरोकप भएको बताइसकेका छन् भने अब उनी पोर्चुगलका लागि कहिलेसम्म खेल्छन् भन्ने कौतुहलता उनका करोडौँ फ्यानमा उठिरहेको छ।

ronaldo1691886016.jpgयसैबीच चेल्सीका पूर्व खेलाडी एड्रियन मुटुले रोनाल्डो बारे अचम्मको दाबी गरेका छन्। गत मे मा रोनाल्डोसँग साउदी अरबमा भेट गरेका मुटुले रोनाल्डोले आफ्ना छोरा क्रिस्टियानो जुनियरसँग एक खेल खेलेर सन्यास लिने दाबी गरेका हुन्।

ronaldo-saudi-pro-league-1716868894.jpgक्रिस्टियानो जुनियर अहिले १४ वर्षका छन्। उनी राम्रो फुटबल खेल्छन्। उनले अल नासरको जुनियर टिममा राम्रो प्रदर्शन गर्दै आएका छन्। 

मुटुले भनेका छन्, ‘रोनाल्डोको यही असली मोटिभेसन हो, उनी आफ्नो छोरासँग एक अफिसियल खेल खेल्न चाहन्छन्। र यो अल नासरमा सम्भव हुन सक्छ। अथवा अन्य टिममा। र मलाई लाग्छ यो असम्भव छैन।’

ronaldo-saudi-pro-league-1-1716868955.jpg३९ वर्षीय रोनाल्डोको अल नासरमा अझै एक सिजनको सम्झौता रहेको छ र उनले अल नासरका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा भने उनी कहिलेसम्म खेल्छन्, निश्चित रहेको छैन। पोर्चुगलका लागि १५८ खेलमा १३० गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:१२
Weather Update