News Griha :: न्यूजगृह
जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक 

काठमाडौं— भारतले जिम्बाबेविरुद्धको दोस्रो टी२० खेलमा जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो।

भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो। 

टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए।

उनले ४७ बलमा १०० रन बनाएका थिए। त्यस्तै ऋतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिङ्कु सिंहले २२ बलमा ४८ रन बनाएका थिए।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १/१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।
    

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २१:०१
Weather Update