२९ वैशाख शुक्रबार तपाईंको राशिफलशुक्रबार, वैशाख २९, २०८०

शरणार्थी प्रकरण : गृहमन्त्री श्रेष्ठ भन्छन्– मलाई अहिलेसम्म शीर्ष नेताहरूको साथ छ बिहीबार, वैशाख २८, २०८० शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आफूले दह्रो साथ र आड भरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ बिहीबार, वैशाख २८, २०८० प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पूर्वानुमानमा आधारित कार्यमा जोड दिन सरकारलाई विज्ञहरूको आग्रह बिहीबार, वैशाख २८, २०८० जनधनको क्षति कम गर्न पूर्वानुमानमा आधारित कार्यमा जोड दिन विज्ञहरूले सरकारसँग आग्रह गरेका छन् ।

कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन : कृषिमन्त्री भुसाल बिहीबार, वैशाख २८, २०८० ‘भन्न त हामीले कृषिप्रधान देश भन्छौँ । कृषितन्त्र अर्थतन्त्रको मेरुदण्ड भन्छौँ तर, कृषि ऐन नै छैन, त्यो बनाउनुपर्छ भनेर छिटोभन्दा छिटो बनाऊँ भनेर मन्त्रालयबाट अघि बढाइरहेका छौँ । अघि बढ्दैछ, मस्यौदाको क्रममा छ, त्यसलाई ल्याउन सकेमात्रै पनि कतिपय कुराहरू स्पष्ट हुन्छन्,’ उनले भने ।

शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार, वैशाख २८, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताएका छन् ।

रातो मत्स्येन्द्रनाथको रथलाई ८ जेठमा लगनखेलबाट जावलाखेल लगिने बिहीबार, वैशाख २८, २०८० यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

दार्चुलाको हिमपहिरोमा बेपत्ता छिमी सोमो थापाको शव भेटियो बिहीबार, वैशाख २८, २०८०

होटलमा ग्राहकको छुरा हानेर हत्या बिहीबार, वैशाख २८, २०८०

आँटिला प्रहरी महानिरीक्षक, संगठनको धूमिल छवि सुधार्ने संकेत बिहीबार, वैशाख २८, २०८० कुँवरले धूमिल प्रहरी संगठनको छवि सुधार्ने संकेत गरेका छन् । सत्य सेवा सुरक्षणम्को टोपी शिरमा लगाएका आईजीपी कुँवर निस्वार्थ भावले संगठनको नेतृत्व गरिरहेको भान आम नागरिकमा परिसकेको छ । उनले आफ्नो बाँकी कार्यकालमा यो साख जोगाउँदै प्रहरी सङ्गठनमा लागेको दाग पक्कै मेटाउनेछन् ।

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु बिहीबार, वैशाख २८, २०८० बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

खाणसँग बयान लिने तयारी बिहीबार, वैशाख २८, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले बयान लिने तयारी गरेको छ ।

बाजुरामा फेरि भूकम्प बिहीबार, वैशाख २८, २०८० बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ ।