News Griha :: न्यूजगृह
खाणसँग बयान लिने तयारी

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता बालकृष्ण खाणसँग सरकारी वकिलको कार्यालयले बयान लिने तयारी गरेको छ ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार बिहीबार शरणार्थी प्रकरणमा खाणको संलग्नता र उनका सहयोगीहरूका बारेमा सोधपुछ गरिनेछ । 

बुधबार बिहान निवासबाटै पक्राउ परेका खाणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको म्याद दिएको छ ।

अदालतले दिएको म्यादभित्रै खाणको बयान सक्ने तयारी सरकारी वकिलको कार्यालयको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०७:२८
Weather Update