
काठमाडौं— दार्चुलाको हिमपहिरोमा बेपत्तामध्ये एक जनाको शव बुधबार फेला परेका छ ।
गत १९ चैतमा हिमपहिरोमा परी डोटी जोरायल गाउँपालिका–२ की १५ वर्षीय छिमी सोमो थापा बेपत्ता थइन् । दार्चुला छारुङस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मबाट खटिएका सशस्त्र प्रहरी टोलीले उनको शव फेला परेको हो । उनको शव परिवारलाई जिम्मा लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला ल्याइँदैछ । दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले थापाको शव सदरमुकाम ल्याइँदै गरिएको बताइन् ।
उनले भनिन्, ‘हिमपहिरोमा परेकी थापा बेपत्ता थिइन् । उनको शव घटना भएको सात दिनपछि फेला परेको छ । शवलाई सदरमुकाम ल्याउने काम भइरहेको छ । त्यसपछि परिवारका सदस्यलाई जिम्मा लगाउने काम हुन्छ ।’
दश दिनअघि दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा हिमपहिरो गएको थियो । घटनामा पाँच जना बेपत्ता भएका थिए । जसमध्ये चार जनाको शव घटना भएको भोलिपल्ट नै फेला परेको थियो । थापाको शव भने फेला पर्न सकेको थियो । घटनामा सात जनाले भागेर ज्यान जोगाएका थिए । उनीहरू यार्सा टिप्न भोलुमको पहाड पुगेका थिए ।