News Griha :: न्यूजगृह
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु, आमाछोरा सहित पाँच घाइते 
सडक दुर्घटनामा बाबुछोरीको मृत्यु, आमाछोरा सहित पाँच घाइते  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा मंगलबार सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच मंगलबार जङ्गी अड्डामा भेटवार्ता भएको छ । 
यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल
यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री भुसालले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिए ।
शिखर अर्गनाइजेशनको ठगी धन्दा : सहकारीको आडमा पैसा उठाउने, विदेश पठाउने  
शिखर अर्गनाइजेशनको ठगी धन्दा : सहकारीको आडमा पैसा उठाउने, विदेश पठाउने   उनी शिखर अर्गनाइजेशनका अध्यक्षसमेत हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले शर्मालाई भारतबाट पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको हो ।
काठमाडौंका स्ववासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : भूमि व्यवस्थामन्त्री श्रेष्ठ
काठमाडौंका स्ववासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : भूमि व्यवस्थामन्त्री श्रेष्ठ मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरू रहेका भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन् । 
बिहीबार बकर ईदको बिदा 
बिहीबार बकर ईदको बिदा  गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदको अवसरमा असार १४ गते बिहीबार सार्वजनिक बिदा दिएको जानकारी दिएको छ । 
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मेलम्ची खानेपानी बर्खामा पनि सञ्चालन गर्ने योजना
मेलम्ची खानेपानी बर्खामा पनि सञ्चालन गर्ने योजना विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएकामा यो वर्षदेखि  वर्षाभर पनि ल्याउने योजना बनाइएको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो । 
काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेकोप्रति एमाले अध्यक्षद्वारा चिन्ता व्यक्त  
काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेकोप्रति एमाले अध्यक्षद्वारा चिन्ता व्यक्त   सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० लाखभन्दा बढी मानिस बस्ने काठमाडौं विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पर्नु स्वास्थ्यको दृष्टिकोणले चिन्ताको विषय भएको भन्दै यस विषयमा चिन्तन गर्नु आवश्यक भएको बताएका छन् । 
पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै
पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुन सकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो ।
Weather Update