News Griha :: न्यूजगृह
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
प्रतीकात्मक तस्बिर ।

जुम्ला— जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । 

विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको उनको भनाइ छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ छन् । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:३९
Weather Update