
काठमाडौं— शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माको ४३ वटा कम्पनीमा लगानी रहेको पाइएको छ ।
उनी शिखर अर्गनाइजेशनका अध्यक्षसमेत हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले शर्मालाई भारतबाट पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको हो ।
पक्राउपछि उनले शिव शिखर सहकारीबाट ४३ वटा कम्पनीमा लगानी गरेको तथ्य सार्वजनिक भएको हो । उनले निक्षेपकर्ताको रकम अपचलन गरेर ८ अर्ब रुपैयाँ नेपालबाहिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले ६ अर्ब रुपैयाँ भारतमा लगेको अनुसन्धानका क्रममा भेटिएको सीआईबीले जानकारी दिएको छ । त्यहाँ उनको शिव शिखर अर्गनाइजेशन नामक संस्था छ । भक्तपुरमा शिव शिखर र मोरङमा तुलसी सहकारी खोलेका शर्माले दुवै सहकारीको पैसा अपचलन गरेका छन् । दुवै सहकारीबाट उनले केहीसमय अघि राजीनामा दिएका थिए ।
यो पनि पढ्नुहोस
उनले शिव शिखरको १० अर्ब ७७ करोड र तुलसी सहकारीको १ अर्ब २४ करोड रुपैयाँ निक्षेपलाई अपचलन गरेको पाइएको छ । बचतकर्ताको निक्षेप अपचलन गरेको आरोपमा सीआईबीले यसअघि शर्माका पत्नी गीतालाई पक्राउ गरेको थियो ।