News Griha :: न्यूजगृह
१४ अर्ब ठगी आरोपमा शिखर अर्गनाइजेशनका अध्यक्ष पक्राउ 

काठमाडौं— सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले शिखर अर्गनाइजेशनका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गरेको छ । शर्मा भारतको मुम्बईबाट पक्राउ परेका हुन् ।

भारतीय प्रहरीको सहयोगमा शर्मालाई सोमबार पक्राउ गरी नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको आरोप छ ।

सीआईबीले सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । त्यस्तै शर्माकी श्रीमती गीता  यसअघि नै पक्राउ परिसकेकी छिन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०६:४९
Weather Update